25
Feb
लगानी सम्मेलन सफल बनाउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण
सरकारले आगामी वैशाख १६ र १७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । प्रत्यक्ष वैदेशिक लगानीसहित निजी लगानी आकर्षित गर्न अनुकुल वातावरण तयार गर्ने अभिप्रायले लगानीसम्बन्धी विभिन्न कानुन संशोधनको प्रक्रिया पनि अघि बढेको छ । विगतका लगानी सम्मेलनको अनुभवका आधारमा सम्मेलनलाई अझै प्रभावकारी बनाउन सरकारले विभिन्न समितिमार्फत कार्य विभाजन गरी आवश्यक पूर्वतयारी गरिरहेको छ ।
स्वदेशी तथा विदेशी र निजी क्षेत्रबाट ठूलो परिमाणको लगानी भित्र्याउने तथा परिचालन गर्ने सहजकर्ताको भूमिका लगानी बोर्डले निर्वाह गर्दै आएको छ भने ६ अर्ब रुपैयाँभन्दा कम थ्रेसहोल्डका लगानी उद्योग विभागबाट स्वीकृत हुँदै आएका छन् ।